विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो
काठमाडौं २६ चैत । विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ । युरोप र अमेरिकामा कोरोना संक्रमणका कारण मर्ने र संक्रमित हुने क्रम अझै बढिरहेको छ । कुल संक्रमितको संख्या १४ लाख २६ हजार नाघेको छ भने ३ लाख २ हजार उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै १९ सय २५ जनाले ज्यान गुमाएका छन् । ती मध्ये न्युयोर्ककमा मात्रै ७ सय ३१ जनाको ज्यान गएको छ । यस्तै, एकै दिन फ्रान्समा १४ सय १७ जनाको मृत्यु भएको छ भने बेलायतमा ७ सय ८६ जनाले ज्यान गुमाएका छन् । यस्तै, स्पेनमा ७ सय ४, इटालीमा ६ सय ४, बेल्जियममा ४ सय ३, नेदरल्याण्डमा २ सय ३४ र जर्मनीमा २ सय ३ जनाको ज्यान गएको छ । यस्तै, भारतमा कुल मृतकको संख्या १ सय ५० पुगेको छ । कोरोना भाइरसको मृत्यु हुनेदर समेत बढिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्