लोकसभा चुनाव सकियो, बिजेपी गठबन्धन र कांग्रेस गठबन्धनमा कसले बाजी मार्ला
काठमाडौं ५ जेठ । भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको अन्तिम निर्वाचन सकिएको छ । निर्वाचन सकिएसँगै आइतबारदेखि एक्जिट पोलको नतिजा पनि सार्वजनिक हुन थालेका छन् । टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले बिजेपी गठबन्धनका पक्षमा ३०६ सिटको अनुमान लगाएको छ भने कांग्रेस गठबन्धनले १३२ सिट ल्याउने दाबी गरेको छ। अन्य दलले १०४ सिट ल्याउने दाबी टाइम्स नाउ र भीएमआरले गरेको छ। बिजेपीसहितको एनडिए गठबन्धनले कुल ४१.१ प्रतिशत मत ल्याउने अनुमान यो सर्वेक्षणले गरेको छ। कांग्रेस नेतृत्वको युपीए गठबन्धनले ३१.७ सिट ल्याउने दाबी यो सर्वेक्षणले गरेको छ। त्यस्तै अन्य दलले २७.२ प्रतिशत सिट ल्याउने दाबी यो सर्बेक्षणको छ। ५४३ स्थानमध्ये ५४२ स्थानका लागि भएको लोकसभा निर्वाचनको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ।आ आफनो दाबी गरेपनि कसले बाजी मार्ला त्यो भने नतिजाले नै सबैलाई बिश्वस्त पार्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #india
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्