लोकसभा चुनाव सकियो, बिजेपी गठबन्धन र कांग्रेस गठबन्धनमा कसले बाजी मार्ला
काठमाडौं ५ जेठ । भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको अन्तिम निर्वाचन सकिएको छ । निर्वाचन सकिएसँगै आइतबारदेखि एक्जिट पोलको नतिजा पनि सार्वजनिक हुन थालेका छन् । टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले बिजेपी गठबन्धनका पक्षमा ३०६ सिटको अनुमान लगाएको छ भने कांग्रेस गठबन्धनले १३२ सिट ल्याउने दाबी गरेको छ। अन्य दलले १०४ सिट ल्याउने दाबी टाइम्स नाउ र भीएमआरले गरेको छ। बिजेपीसहितको एनडिए गठबन्धनले कुल ४१.१ प्रतिशत मत ल्याउने अनुमान यो सर्वेक्षणले गरेको छ। कांग्रेस नेतृत्वको युपीए गठबन्धनले ३१.७ सिट ल्याउने दाबी यो सर्वेक्षणले गरेको छ। त्यस्तै अन्य दलले २७.२ प्रतिशत सिट ल्याउने दाबी यो सर्बेक्षणको छ। ५४३ स्थानमध्ये ५४२ स्थानका लागि भएको लोकसभा निर्वाचनको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ।आ आफनो दाबी गरेपनि कसले बाजी मार्ला त्यो भने नतिजाले नै सबैलाई बिश्वस्त पार्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #india
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्