राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं २२ फागुन । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले टिकापुर घटनामा संलग्न रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । बुधबार कैलाली जिल्ला अदालतले २०७२ भदौ ८ गते एसएसपीसहित आठ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको ठहर गर्दै ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । हत्या अरोप लागेकै राजपाबाट चौधरी प्रतिनिधिसभा चुनावमा कैलाली ५ बाट निर्वाचित भएका थिए । सरकारसँग दुई तिहाइ बहुमत भए पनि आफ्ना नेता कार्यकर्तालाई बचाउन सरकारले कुनै भूमिका नखेलेको भन्दै राजपा अध्यक्षम मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको हो प्रतिनिधिभामा १७ सिट भएको राजपा तेस्रो ठूलो दल हो । राजपाले आफूसँग भएको सहमतिअनुसार संविधान संशोधनका लागि पनि सरकारबाट कुनै पहल नभएको बताएको छ । राजपाले समर्थन फिर्ता लिए पनि संख्याका हिसाबले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनै असर भने पर्ने छैन । यसभन्दा अघि राजपाले पटक पटक समर्थन फिर्ता लिने चेतावनी दिदै आएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै होः राधिका शाक्य
- २देशभर ग्यासको हाहाकार, उद्योगमन्त्री नै अलमलमा, ब्यवसायीको लुट
- ३२०८२ साल भदौ २४ गते देशमा विध्वंश भएको दिन, के के भएको थियो टाइमलाइन
- ४अमानवीय र तुच्छ गालीगलौज गर्नेलाई पार्टीबाट निकाल्ने रविको घोषणा
- ५सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्