सेनाको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परीक्षाको नतिजा सार्वजनिक (सुचीसहित)
काठमाडौं – नेपाली सेनाको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । सिं सं. २६ कमाण्ड तथा स्टाफ कलेजको परिक्षामा ५० जना अधिकृतहरु उर्तिण भएका छन् ।
स्टाफ कलेजको परिक्षामा एक नम्बरमा सेनानी रविन्द्र थापाले नाम निकाल्न सफल भएका छन् । त्यसैगरी दुई नम्बरमा उजल पौडेल, तीनमा कल्याण पाण्डे,चारमा सह–सेनानी धु्रव बावु कार्की र पांचौमा सेनानी रोशन थापा उर्तिण भएका छन् ।
यस पटकको स्टाफ कलेज परिक्षामा सेनाका अधिकांश जर्नेलका स्टाफहरु फेल भएका छन् । प्रधानसेनापति पुर्णचन्द्र थापाका स्टाफ अधिकृत समेत यो परिक्षामा अनुर्तिण भएका छन् ।
सेनामा उच्च अधिकारी निकट अधिकृत र तीनका नातेदारहरुलाई स्टाफ कलेज परिक्षामा उर्तिण गराईने आरोप यसअघि लाग्ने गरेको थियो । तर, यसपटक भने प्रधानसेनापति थापाले परिक्षा निष्पक्ष गर्न निर्देशन दिएको सैनिक स्रोतको दावी छ । उनकै निर्देशनअनुसार बोर्डले परिणाम सार्वजनिक गरेको बताईन्छ ।
सेनामा स्टाफ कलेज जांच वृति विकासका हिसावले निकै महत्वपूर्ण मानिन्छ । स्टाफ कलेज नगरी प्रमुख सेनानी वन्न योग्य नहुने भएकाले सेनामा यो जांचलाई फलामे ढोकाका रुपमा लिईन्छ । यसपटकको परिक्षामा आधा दर्जन महिला सहभागी भएपनि कुनैले पनि परिक्षा उर्तिण गर्न नसकेको सेनाले जनाएको छ ।
सेनाको स्टाफ कलेजको बोर्ड उपत्यका पृतनापति समेत रहेका उपरथी शशि बहादुर सिंहको अध्यक्षतामा गठन भएको थियो । बोर्डमा सहायकरथी अनन्त कार्की, प्रेम शाही, सहदेव खड्का,सुरेन्द्रसिंह रावल, महासेनानीहरु चोकबहादुर ढकाल,दिपेशजंग शाह,टंक भट्ट,आशिष उपाध्याय, रोजप्रताप राणा र सदस्यसचिव पुरन घले थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्