Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

रोमारोशन कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव फेला


अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ । मंगलबाररातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो। ४ जनाको बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको बताइएको छ ।

यस्तै २ जनाको मंगलसेन नगरपालिका ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीयले बताएका छन् । जनप्रतिनिधि, प्रहरी, स्थानीयको टोली उद्धारका लागि सैनिबजारमा खटिएका छन् । हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #रामारोशन, #वर्षासँगै आएको बाढी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं