देश/दुनियाँप्रमुख समाचारसमाचारस्वास्थ्य

काठमाडौं उपत्यकामा घटेन संक्रमण, एकै दिन काठमाडौं उपत्यकामा ६२ संक्रमित फेला

0

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण झनै बढेको छ । एकै दिन काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौंका ५७ र ललितपुरका ५ सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ । देशभरका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन । डिस्चार्ज हुनेमध्ये प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना रहेका छन् । बुधबार देशभरीका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन् । यस्तै, प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट एकै दिन ५ जनाको मृत्यु
कोरोना भाइरसका कारण बुधबार एकै दिन देशभर पाँच जनाको मृत्यु भएको छ। काठमाडौंमा एक जना तथा विरगन्ज र विराटनगरमा दुईरदुई जनाको मृत्यु भएको हो। विराटनगरमा मृत्यु भएका ४५ वर्षीय दुई पुरुषको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुको रिपोर्ट नआउँदै ज्यान गएको हो। बुधबार वीरगन्जमा १८ वर्षीया युवती र ४८ वर्षीय पुरुषको निधन भएको थियो। बान्ता लागेपछि सोमबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका ४८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो। बुधबार साँझ काठमाडौंको बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। सर्लाहीको मलंगवा घर भएकी ६५ वर्षीया ती महिला सुरुमा मनमोहन अस्पतालमा भर्ना भएपनि कोरोना संक्रमण पुष्टी भएपछि साउन १९ गते शसस्त्र प्रहरी अस्पतालमा उनलाई लगिएको थियो। हालसम्म कोरोना भाइरसका कारण नेपालमा ६३ जनाको मृत्यु भएको छ।

फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सरकारको निर्णय

Previous article

एकै दिन काठमाडौँ उपत्यकामा ८७ सहित ३ सय ६० जनामा कोरोना संक्रमण

Next article

You may also like