साउन ४ गतेदेखि खोला र नदी क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने तर्फ सचेत गराउँदै सरकारले सतर्क रहन तटिय क्षेत्रका सबैलाई आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेतर्फ सचेत गराएको हो । कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले सबैलाई आह्वान गरेको छ । बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने बताइएको छ ।
कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढेपनि तत्कालै खतराको तहसम्म नपुग्ने जानकारी दिइएको छ । बाढी, पहिरो र डुवाका कारण गत जेठ ३० देखि साउन १ गतेसम्म १०० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण ८४ जना घाइते भएका छन् भने अझै ४७ जना बेपत्ता छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #खोला र नदी क्षेत्रमा बाढीको जोखिम
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्