एमसीसी बिरुद्ध दाङको घोराहीमा युवाहरुको प्रदर्शन

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै दाङको घोराहीमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरु जम्मा भएर सरकारलाई एमसीसी पारित गर्नबाट रोक्न दवाव मूलक बिरोध प्रदर्शन गरेका हुन् ।
सरकारले १५ जेठमा घोषणा गरेको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित विषय समावेश गरेपछि एमसीसीको विरोधमा विभिन्न कार्यक्रम भइरहेका छन्। प्रदर्शनकारीले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै, कोरोनाको उपचारमा ध्यान नदिएको, क्वारेन्टाइन ब्यवस्थित नभएको भन्दै उनीहरुले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले भौतिक दुरी कायम गरी प्लेकार्ड सहित र्याली गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #एमसीसी
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्