केही उद्योग खोल्नैपर्छः अर्थमन्त्री खतिवडा
काठमाडौं ३१ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले रोग र भोकबाटै लड्न केही उद्योग सञ्चालन गर्न लकडाउन खुकुलो पार्नुपरेको बताएका छन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको बताएका हुन् । केही सांसदले अहिले स्वास्थ्य नै सबै कुरा भएकाले केही उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले यस्तो बताएका हुन् । आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका हुनुपर्छ त्यही आधारबाट बजेट अघि बढ्ने उनले बताए । रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउँनै अर्थमन्त्रीको भनाई थियो । उनले आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ काम लगाएर राहत दिन पनि आर्थिक क्रियाकलाप बढाउनुपर्ने बताए । खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अर्थमन्त्री खतिवडा
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्