अमेरिकामा ह्वात्तै बढ्यो कोरोना मृत्युदर

काठमाडौं २४ बैशाख । अमेरिकामा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढेको छ । मंगलबार मुत्यु हुनेको संख्या हजारको हारहारीमा रहेको भएपनि बुधवारबाट फेरि बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । यो अवधिमा २४ हजार ३ सय ४५ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म करिब ७३ हजारले ज्यान गुमाइसकेका छन् ।
यस्तै, बेलायतमा एकैदिन ६ सय ९३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ५ सय ७८ जनाको मृत्यु भएको छ । सोही अवधिमा फ्रान्समा ३ सय ३०, इटालीमा २ सय ३६ र स्पेनमा १ सय ८५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २ लाख ५८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३७ लाख २८ हजार भन्दा बढी संक्रमित छन् । १२ लाख ४२ हजार सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्