अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने प्रतिपक्षी दलहरुको चेतावनी
काठमाडौं १० बैशाख । सरकारले अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने प्रतिपक्षीहरुले उद्घोष गरेका छन् । नेपाली कांग्रेसको पाटी कार्यालय सानेपामा बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारले अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने मोर्चाबन्दी गरेका हुन् । प्रतिपक्षी दलहरुले सरकारलाई राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । दुई वटा अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाई लैजाने ल्याइएको बैठकले निष्कर्ष निकालेको छ । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था छ ।
अध्यादेश फिर्ता नलिएको आन्दोलनमा उत्रिने राणनीति तय भएको नेताहरुले बताएका छन् । लकडाउनपछि सरकार विरुद्ध आन्दोलनको आधिबेरी ल्याउनेसम्मको चेतावनी उनीहरुले दिएका छन् । सरकारको अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन वाध्य हुने बैठकले निर्णय पनि गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #अध्यादेश फिर्ता
ताजा खबर
- १रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- २गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
- ३धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ
- ४स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छुः प्रधानमन्त्री कार्की
- ५निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान



तपाईको कमेन्ट लेख्नुहोस्