विश्व प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु

बारा १ मंसिर । विश्व प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने यो मेला एक महिना सम्म लाग्छ । मेलाको मुख्य आकर्षण भनेकै पशुबली रहेको छ । मन्दिरमा दुई साताअगाडि देखि नै मेला भर्न आउनेको भीड लागेको थियो । मेला हेर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् भने छिमेकी राष्ट्र भारतबाट पनि उत्तिकै संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्छ । मेलाका लागि बरियारपुरको मन्दिर आसपासका खेतमा टहराहरु निर्माण गरिएका छन् भने मन्दिर आसपासका क्षेत्रका विभिन्न पसलहरु राखिएका छन् । हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशुअधिकारकर्मीहरु तथा विभिन्न क्षेत्रबाट आवाज उठ्ने गरेको छ । तर बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने जनाएकोे छ । मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । मेलालाई शान्तिपूर्ण र ब्यवस्थित गर्न भन्दै मेला अवधिभर बरियापुरमा मदीरा र मासु बिक्री तथा प्रयोगमा निषेध गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #बाराको गढीमाई मेला
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्