राजेश सानुभको गितमा टिका सानुको नाच

लोकदोहोरी क्षेत्रका चर्चित नाम हुन् टिका सानु र राजेश सानु । पछिल्लो पुस्ताले निकै रुचाएकी टिका सानु दोहोरी क्षेत्र मात्र होइन अभिनयमा पनि उत्तिकै दख्खल छिन भन्ने कुरा हालै बजारमा सार्वजनिक भएको लोकदोहोरी गित पलाशले प्रमाणित गरेको छ । निकै चर्चाको शिखरमा पुगेको गित सुतलीको टिमले तयार गरेको गित पलाशमा गायक राजेश खड्का सानुले स्वर दिएका छन् । इन्द्रेणि कार्यक्रममा दोहोरी गाएर सबैलाई प्रभावित बनाउन सफल टिका सानुले अभिनय गरेको लोकदोहोरी गीत पलाश भर्खरै सुतली टिभि अफिसीयल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । यसअघि आफ्नै जिवनको यर्थाथ लाई गीत मार्फत चित्रण गरी चर्चा कमाएका सर्जक विजय चन्द “दर्पण” को शब्दमा रहेको पलाशलाई गायक राजेश खड्का “सानु” र गायिका अनुशाा राम्जालिले स्वर दिएका छन् । तिलक वलीको लय तथा संगित संयोजन रहेको गीतको भिडियोलाई सुर्य ढकालले निर्देशन गरेका छन् । टिका सानुसँगै बाबुकृष्ण परियार र सम्पुर्ण लामिछानेले अभिनय गरेको भिडियोको छायांकन सागर गौतमले गरेको गीतका गायक राजेश खड्का सानुले बताए । गामबेसि डिजिटल स्टुडियोमा रेकर्ड भएको गितले माया, पिरती र लजालु स्वभावलाई चित्रण गरेको छ । यस गितका सर्जक बिजय चन्द “दर्पण” ले दर्शक कै माया तथा आशिर्वादले गर्दा सुतलीको अपार सफलता पछि पलाश लिएर आएको हुँदा यसलाई पनि दर्शकले रुचाइदिने बिश्वास व्यक्त गरेका छन् ।
भिडियो हेर्न तलको लिंक खोल्नुहोस्
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #टिका सानुको नाच
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्