जीप अरुण नदीमा खस्यो, एकैपरिवारका तीनसहित ६ जना वेपत्ता

काठमाडौं १ असोज । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जीप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका हुन्। जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाका अनुसार बे’पत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्ष श्रेष्ठ, दुई मिहने बालक समीर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन्। जिपले दुई जना बि’रामी बोकेको थियो। जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ। जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #jip durghatana
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्