काठमाडौं २४ भदौ । नेपाली बजारमा सुनको मूल्य घटबढ भइरहेको छ । मंगलबार भने सुनको मुल्य घटेको छ । तोलामा सात सय रुपैयाँ घटेको हो । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।