रुस र चीनको संयुक्त हवाई गस्तीमा जापान र कोरियाको विरोध
काठमाडौं ८ साउन । रुस र चीनले संयुक्त हवाई गस्ती गरेको भन्दै जापान र कोरियाले बिरोध जनाएका छन् । रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेका थिए । त्यसको प्रतिक्रिया दिदै दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएका छन्। रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको बिबिसीले जनाएको छ। उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ। दक्षिण कोरियाले चाहिँ आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ। त्यो घटना दक्षिण कोरियाद्वारा कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो। कोरियाले मंगलवार बिहान रुसी र चिनियाँ विमानहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #bidesha
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्