किन सर्यो नेपालले खेल्ने यू–१९ एसिया कप क्रिकेट

काठमाडौं ६ साउन । नेपालसहित एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सारिएको छ । श्रीलंकामा आयोजना हुने यू–१९ एसिया कप एक साता पछि सारिएको हो । एसियन क्रिकेट काउन्सिल एसीसीका नेपाल प्रतिनिधिले प्रतियोगिता एक साता पछि सरेको र नयाँ मिति तय भईसकेको जनाएकी छन । अब प्रतियोगिता सेप्टेम्बर ३ देखि १५ सम्म हुनेछ । खेल तालिका भने एसीसीले सार्वजनिक गरेको छैन् । यसअघि प्रतियोगिता २८ अगष्टबाट ८ सेप्टम्बरसम्म हुने तय भएको थियो । प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र तथा आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #kel news
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्