बिप्लवका नेता घर बाटै पक्राउ

डोटी ४ जेठ । जिल्लामा नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका एक जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । बडिकेदार गाउपालिका ५ भमरा स्थित घरमै रहेकोे अबस्थामा प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यलय सिलगढी लगिएको छ । उनलाई सोधपुछ र बयान पछि आवश्यक कार्बाही अगाडि बढाउने प्रहरीले बताएको छ । उनलाई बडिकेदार गाउपालिका ४ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो । वडा कार्यलयमा बैशाख २३ गते राती अज्ञात समुहले आगजनी गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #news
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्