नक्कली सुन बिक्री गरी ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं ७ चैत । नक्कली सुन बिक्री गरी ठगी गर्ने ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरेको हो । विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले सङ्गठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबण्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्