अन्तिममा विजयी गोल,सुरुमा रेड कार्ड

काठमाडौं ३ चैत । खेलको सुरुमै १० खेलाडीमा सीमित भएको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकालेको छ । खेलको सुरुवात गोलबाट नभई रातो कार्डबाट भएपनि अन्त्यमा जित निकालेको हो । अवे मैदानमा भएको खेलमा चौथो मिनेटमा ह्यारी मग्वायर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो । ह्यारीले बनर्लीका योहान बेर्ग गुडमुन्डसनलाई लडाए । गोलका लागि अगाडि बढेका योहानलाई लडाएकाले ह्यारीले रातो कार्ड पाए ।
३३ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ३८ औँ मिनेटमा घरेलु टोली बर्नलीका लागि ड्वाइट म्याकनिलले बराबरी गोल गरे । लेस्टर सिटीका लागि ९० औँ मिनेटमा वेस मोर्गानले विजयी गोल गरे । जितपछि १० औँ स्थानको लेस्टर सिटीको ३१ खेलबाट ४१ अंक भएको छ । यस्तै शनिबार राति नै भएको खेलमा वेष्ट ह्यामले हडर्ल्सफिल्ड टाउनलाई ४–३ ले हरायो भने बोर्नमाउथ र न्युक्यासलले २–२ को बराबरी खेलेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्