क्लब वर्ल्डकप विश्वकप फुटबल जस्तै बन्ने भयो
काठमाडौ २ चैत । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले क्लब वर्ल्डकपमा सहभागी हुने टिमको संख्या बढाएको छ । युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी दिए पनि फिफाले सन् २०२१ देखि लागु हुने गरि २४ टिमसहितको क्लब वर्ल्डकप गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । नयाँ प्रतिस्पर्धामा युरोपबाट ८ सहित समग्रमा २५ टिम हुने छन् । यो प्रतिस्पर्धा हरेक चार वर्षमा हुनेछ र जुनदेखि जुलाई महिनामा प्रतिपस्र्धाका खेल हुनेछन् । अहिले विश्वकप फुटबलको वार्मअपको रुपमा लिइँदै आएको कफेडेरेसन कपको समय क्लब वर्ल्ड कपमा प्रयोग हुनेछ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा काउन्सिलले आफ्नो प्रस्तावको पक्षमा मत दिएकोमा निकै खुशी लागेको बताएका छन् । अब विश्वले साँचो अर्थमा क्लब वर्ल्ड कप हेर्न पाउने र क्लबहरुले वास्तवमै विश्व च्याम्पियन बन्नका लागि प्रतिस्पर्धा गर्ने उनले बताएका छन् । अहिले क्लब वर्ल्डकप हरेक वर्षको डिसेम्बरमा हुँदै आएको छ र यसमा ६ महादिपबाट सात क्लबको सहभागिता रहन्छ । अहिलेसम्म क्लब वर्ल्डकप त्यति चासोमा पर्ने गरेको छैन । नयाँ संरचनाको क्लब वर्ल्डकपमा युरोपबाट ८, दक्षिण अमेरिकाबाट ६ तथा अफ्रिका, एसिया र उत्तर तथा मध्य अमेरिकाबाट तीन–तीन एवम् ओसिएनाबाट एक टिमको सहभागिता हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्