हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको अन्त्यष्टि

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आईतबार अन्त्यष्टि गरिएको छ। हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो।पर्यटन व्यवसायीको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भएका शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए।
विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्यष्टिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेकपा नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको सहभागिता थियो । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका थिए।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्