को सांसद कति दिन गयल ? संसदमा सुनाइयो गयल हुनेको नामावली
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाअघिको बैठकमा ११ पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अनुपस्थित हुने सांसदहरुको नामावलीको सूची पेश गरेपछि बैठकले स्वीकृत गरेको छ । प्रतिनिधिसभा बैठकमा सबैभन्दा बढी २५ पटक बैठकमा अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार यादव छन् । उनले अनुपस्थितिको कारण पेश भएको छैन ।
त्यस्तै बिरामी भएर २१ पटक उपस्थित हुन नसकेका कांग्रेस सांसद सूर्यवहादुर केसीको निधन भइसकेको छ । एमाले सांसद नविना लामा १९ वटा वैठकमा आएकी छैनन् । लामा स्वास्थ्य उपचारका लागि दिल्लीमा थिइन् । उनले अनुपस्थित हुनुको लिखित कारणसमेत पेश गरेको संसद सचिवालयले जनाएको छ ।
एमालेकै सांसद कलिला खान १७ वटा बैठकमा अनुपस्थित देखिएकी छन् भने कांग्रेसकी महेन्द्र लिम्बु १५ पटक, माओवादी सांसद यशोदा सुवेदी १४ वटा बैठकमा अनुपस्थित छन् । त्यस्तै सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना ११ वटा बैठकमा अनुपस्थित भएका छन् भने माओवादीका सुरेशचन्द्र दास १३ वटा वैठक र जसपाकी निर्जला राउत १४ वटा र रुही नाज ११ बैठकमा अनुपस्थित देखिए । एमालेकै सांसद केदार सिग्देल पनि ११ बैठकमा अनुपस्थित देखिएका छन् । सांसद ठगुन्ना जिल्लातिर रहेको बुझिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #पुनःस्थापनाअघिको बैठक, #सांसद कति दिन गयल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्