ल्यायो नेपाली सेनाले स्वास्थ्य सामग्री
काठमाडौं ३ जेठ । नेपाली सेनाले कोरोना उपचारका लागि स्थलमार्गबाट स्वास्थ्य सामग्री ल्याएको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो । चीनको होङ्जुबाट १० कन्टेनर स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै स्थलमार्गबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । सरकारले ओम्नी समूहसँग गरेको स्वास्थ्य सामग्री खरिद सम्झौता विवादमा परेपछि उक्त सम्झौता रद्द गर्दै सरकारले जीटुजी मार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो। सरकारले उक्त स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोही प्रक्रिया अन्तर्गत चीनसँग खरिद गरिएको पहिलो चरणमा स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो। चीनसँगको खरिद सम्झौता अन्तर्गत ३ सय ४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइने छ। त्यसका लागि नेपाल वायुसेवा निगमको विमान सोमबार चीनको ग्वान्जाओ जाने बताइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली सेना
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्