स्वास्थ सामाग्री खरिद प्रकरणमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न प्रतिपक्षी कांग्रेसको माग

काठमाडौं ३० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिततामा मुछिएकाहरुलाई बर्खास्त गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणका विरुद्ध स्वास्थ्य सामाग्री खरिद गर्दा आर्थिक चलखेल भएको दाबी गर्दै बर्खास्त गरेर छानबिन गर्न माग गरेका हुन् । तर, उनले कस कसलाई बर्खास्त गर्ने भन्ने उल्लेख गरेनन् । फेसबुक तथा ट्वीटरबाट प्रत्यक्ष कुरा गर्दै शर्माले आरोपितहरुलाई पदमुक्त गरी छानबिन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रवक्ता शर्माले स्वास्थ्य सामाग्री खरिदमा कमजोरी रहेको बताउदै दुई महिना लामो टेण्डर रद्द गरेर अपारदर्शी रुपमा तीन घण्टामा टेण्डर स्वीकृत गरेको आरोप लगाए । प्रबक्ता शर्माले बजार मूल्यभन्दा बढीमा सामान खरिद गर्नु र किनिएका सामान समेत कम गुणस्तर भएको भन्दै छानविन गर्न माग गरेका छन् । प्रबक्ता शर्माले कांग्रेसले कोरोनाविरुद्धको लडाईमा सरकारलाई सहयोग गरे पनि प्रधानमन्त्री ओलीले आलोचना गरेको भन्दै गुनासो गरेका थिए । उनले सरकारलाई कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्न समयमै आग्रह गरे पनि नसुनेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेस
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्