देश/दुनियाँप्रमुख समाचारराजनीतिसमाचार

तरुण दलमा भाडभैलो, चियापान पनि छुट्टाछुट्टै

0

काठमाडौं ११ कार्तिक । माउ पार्टी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नोे ६६ औँ स्थापना दिवस मनाए । केन्द्रमै भने तरुण दलका अध्यक्ष र महासचिवले छुटा–छुट्टै कार्यक्रम गरी स्थापना दिवस मनाएपछि बिबाद झन सतहमा आएको छ । पार्टीका शिर्ष नेताहरु आफैमा विभाजित भइरहंदा पार्टीका शिर्ष नेताहरुपनि भातृसंस्थाभित्र देखिएको यस्ता विवाद र गुटगत राजनितिलाई समाधान गर्नको लागि लाग्नुको साटो मुकदर्शक भएका छन । आफुलाई लोकतन्त्रको मियो ठान्ने नेपाली कांग्रेसले पार्टीभित्र भने कहिल्यै ति लोकतन्त्रको आधारभुत मुल्य मान्याताको ख्याल गरेन । पार्टीभित्र सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षविच चल्दै आएको अन्तरद्धन्त र गुटगत राजनीतिले पार्टी थप लथालिङ भइरहेको छ । जुन कुरालाई आइतबार तरुण दलको ६६ औं स्थापना दिवसमा दुइपक्षका नेताहरुले दुइतिर स्थपना दिवस मनाएपछि अव नेपाली कांग्रेस कतातिर जादैं छ भन्ने चिन्ता र चासो बढेको छ । ४ जना पदाधिकारीमा सिमित तरुण दलमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीचको विवादले केन्द्रदेखि जिल्लामा समेत विभाजन ल्याएको छ । त्यही अनुसार तरुण दलको स्थापना दिवस आइतबार दुई तिर मनाए । अध्यक्ष बस्नेत समूहले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेताहरुको उपस्थितीमा मनाए । कार्यक्रममा सहभागी कांग्रेस सभापति देउवाले पार्टीभित्र गुटउपगुट सकिएको सुनाउँदै सबै तरुणलाई उपनिर्वाचनको प्रचारप्रसारमा होमिन निर्देशन दिए । उता महासचिव भुपेन्द्रजंग शाहीले सामाखुसीस्थीत स्काई पार्टी प्यालेसमा को एक व्याङ्केटमा कार्यक्रम गर्दै वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेताहरुलाई आमन्त्रण गरी अलग कार्यक्रम गरे । उता उक्त कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेल पनि शेरबहादुर देउवाको जस्तै खालको प्रतिक्रिया दिए । पछिल्लो समय अध्यक्ष बस्नेत र महासचिव शाहीबीचको विवाद उत्कर्षमा छ । पार्टीले आयोजना गरेको जागरण अभियानको विरोधका साथै पार्टी विपरितका गतिविधिमा लागेको भन्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पद र साधारण सदस्यताबाट हटाए थिए भने त्यसको प्रतिवादमा शाहीले अध्यक्ष बस्नेतलाई भ्रष्टाचारको आरोपमा पद तथा साधारण सदस्यबाट हटाएका थिए । यतिबेला महासचिव शाहीले तरुण दलमा समानान्तर गतिविधि अगाडि बढाएका छन् । विभिन्न विषयमा अध्यक्ष बस्नेत र महासचिव शाहीले फरक–फरक विज्ञप्ति सार्वजनिक गर्दै आएका छन् ।

फुटपाथ पसलले सर्वसाधारण हैरान

Previous article

जुवा खाल अप्रेशन, झण्डै दुई सातामा यस्तो देखियो अवस्था 

Next article

You may also like