देश/दुनियाँप्रमुख समाचारराजनीतिसमाचार

कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच चर्काचर्की

0

काठमाडौं १६ साउन । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक लम्बिने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमै महाधिवेशन र पार्टीको अन्तरिम संरचना निर्माणबारे विवाद बढेपछि बैठक समेत लम्बिने देखिएको हो । वरिष्ठ नेता पौडेलले सभापति देउवा महाधिवेशन नगर्ने मनशायमा रहेको आरोप लगाएपछि सभापति देउवा झोक्किएका थिए । दुई नेताबीच आराप प्रत्यारोप चलेपछि बैठकका थप एजेण्डा प्रभावित भएका छन् । महाधिवेशनको ार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डामा प्रवेश गर्न सकिएको छैन । नेता पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरू सहभागी नहुने बताएपछि आजको बैठक समेत प्रभावित हुने देखिएको छ । चौधवटा एजेन्डा तय गरी कांग्रेस बैठक असार २२ देखि चल्दै आएको छ । तीमध्ये पार्टीको नियमावलीको मस्यौदा, पार्टीको तल्ला तहका अन्तरिम संरचना निर्माण र महाधिवेशनको एजेन्डामाथि मंगलबार छलफल सकिएको थियो ।

देशभरका भन्सार ब्यवस्थित गर्न कानुन बनाइने

Previous article

नेकपाका नेताहरु दुई सातासम्म चुपचाप

Next article

You may also like