बिप्लव नेकपाले फेरि बन्दको घोषणा
काठमाडौं ६ असार । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले फेरि नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विज्ञप्तिमा ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । उसले पौडेललाई नियन्त्रणमा लिई बरबरता पूर्वक प्रहरी हत्या गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #banda
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्