प्रधानमन्त्री कार्यालयबाटै भयो बिप्लवका गतिबिधिबारे हेलचक्र्याइँ

काठमाडौं १४ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले शहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन शहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाल विभाग प्रधानमन्त्री कार्यालयमातहत छ । ‘पुरानो जनयुद्धको रुपालाई गाउँभन्दा शहरकेन्द्रित गरेर आफूलाई अन्तर्राष्ट्रियकरण गर्न खोजको सूचन मुख्यसचिव रेग्मीलाई दिइएको छ ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरु अउजाउ बढेको, बैठक भेलाहरु सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरु अघि बढेको भन्ने सूचना दिइएको समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
क्याटेगोरी : जनगुनासो, पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्