सुनको मूल्य एक हजार घट्यो
काठमाडौ १३ भदौ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ । बिहीबार अहिलेसम्मकै बढी प्रतितोला ७३ हजार चार सय पुगेको सुनको मूल्य शुक्रबार घटेर ७२ हजार चार सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो । यस्तै तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ। चाँदीको मूल्य पनि बिहीबारको तुलनामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ मा कारोबार भइरहेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #sun
ताजा खबर
- १विशेष महाधिवेशनको पक्षमा बहुमत,अल्पमतमा कांग्रेस संस्थापन पक्ष
- २माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
- ३काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
- ४मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- ५मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान



तपाईको कमेन्ट लेख्नुहोस्