उर्जा मन्त्री पुन बोल्दा संसदमै बत्ती गएपछि…….

काठमाडौं २३ साउन । बिहिबारको संघीय संसद अन्र्तगत प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसदले बिभिन्न समसामयिक घटनाक्रम प्रस्तुत गरे । शुन्य समयपछि सार्वजनिक महत्वका बिषयमा उर्जा जलस्रोत र सिचाई मन्त्री बर्षमान पुनलाई सभामुख कृष्णबहादुर महराले समय दिए । मन्त्री पुन रोष्टममा पुगे लगत्तै उनले उर्जा र सिचाईका बिषयमा बोल्नै लागेका थिए । तर, बत्ती झ्याप्प गयो । करिव १५ सेकेण्डमा सांसदले जोडले ताली बजाए । त्यसपछि बत्ती आयो र मन्त्री पुनले हाँस्दै धन्यवाद एकै छिनमा आयो भन्दै मुस्कुराए । अनि आफ्ना उर्जा र सिचाईका बिभिन्न कुराहरु अगाडि बढाएका थिए । उनले जुम्लाका सर्वसाधारणले बिद्युत अवरोध भइरहेको बिषय जानकारी दिएको भन्दै सुचारु गराउन पहल भइरहेको जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख
ट्याग : #samsad ma batti gayo
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्