मेलम्चीको पानी दैनिक प्रतिब्यक्ती एक सय लिटर पाइने

काठमाडौं । मेलम्चीको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा वितरण गरिदैछ । चैत १५ गते सम्म सबै परिक्षण गरिसकेपछि पानी वितरण गरिने गरी आवश्यक तयारी भैइरहेको छ । हाल उपत्यकामा पानी वितरण गर्न ८४ हजार २ सय १७ घरमा धारा जडान गरिएको भएपनि परिक्षणको रुपमा २० हजार घरमा मात्र पानी वितरण पठाइने छ । राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति १०० लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने छन् ।
दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची पानी सिधै ७ मिटर अग्ला घरसम्म सिधै उपल्ब्ध हुनेछ । मेलम्चीमा याङग्री र लार्के खोलाको पानी मिसाईपछि करिब ५१ करोड लिटर पानी उपत्यकामा आउने छ र सो पानी करिव ४० लाख जनताले पानी उपयोग गर्न सक्न छन् ।सकेसम्म चैतको दाश्रो हप्तापछि पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।
मेलम्ची आयोजनाले यति सबै तयारी पुरा गरेको बताए पनि उपत्यकका बासी अझैपनि पानी आउँने कुरामा विश्वास्त छैनन । मेलम्ची आयोजनामा हालसम्म ३१ अर्व रुपयाँ लगानी भईसकेको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि आयोजना शुरु भएको थियो । लामो प्रतिक्षा र अनेक उतारचढाव पछि बलल राजधानीबासीले मेलँचीको पानी चाख्न पाउने आशा पलाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मेलम्चीको पानी
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्