नेकपा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ताले घेरे टुँडीखेल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंको टुँडिखेलमा मानव साङलो बनाई प्रदर्शन गरेको छ । नेकपा प्रचण्ड– माधव समूहका नेता कार्यकर्ताले संसद विघटन, महँगी र भ्रष्टाचार लगायतका बिषयहरु उठान गरी एक घण्टा बिरोध प्रदर्शन गरेका हुन् । नेकपाको प्रचण्ड–माधव समूहले टुँडिखेल वरीपरी मानव साङ्गलो बनाई बिरोध प्रदर्शन गरेको छ ।
संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको भन्दै नेकपाले पूर्वघोषित संघर्षका कार्यक्रम अन्तर्गत सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेतृ पम्फा भूषालले बताईन् । मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेकपा नेतृ भूषालले प्रधानमन्त्री कदम बिरुद्ध सडक संघर्षमा उत्रिएको बताईन् । मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो । नेकपा प्रचण्ड–नेपाल पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ । गत माघ २८ गते तेस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–माधव समूहले बिहिबारदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रम फागुन २१ गते सम्पन्न हुनेछन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा प्रचण्ड–माधव समूह, #मानव साङलो
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्