अर्थप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

६९ औं अन्तराष्ट्रिय भन्सार दिवस, अर्थमन्त्री पौडेलद्धारा नेपाल राष्ट्रिय एकद्वार प्रणालीको सुरूवात

0

काठमाडौं । भन्सार विभागअन्तरगत रहने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू भएपछि वैदेशिक व्यापारको लागि सहज हुने दाबी अर्थममन्त्री विष्णु पौडेलले गरेका छन् । सो प्रणाालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिक रूपमा सरकारी कार्यालय जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यो प्रणाली अन्तर्गत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र कर लगायत सूचना प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

अर्थमन्त्री पौडेलले सरकार र नीजि क्षेत्र एक सिक्काको दुई पाटो भएकाले दुवैले एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए । यो प्रणालीअन्तर्गत व्यापारीले कागजात स्क्यान गरेर अनलाइन अपलोड गर्न सकिन्छ र सरकारी अनुमति तथा निर्णय सोही माध्यमबाट फिर्ता पाउन सकिने व्यवस्था मिलाएको छ । सरल र दु्रत व्यापारिक कारोबार, लाइसेन्स इजाजत र प्रमाणपत्र अनलाइन प्रक्रिया, व्यापारका लागि एकल मञ्च, अन्तरसम्बन्धित कार्य गर्न सहज हुने दाबी भन्सार विभागको छ । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई सहयोग गरेजस्तै निजी क्षेत्रले पनि सरकारलाई संकट र राजनीतिक अस्थिरताका बीच सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अझैपनि भन्सार प्रशासनमा धेरै कुराहरु परिवर्तन गर्नुपर्ने बताएका छन । उनले डव्लुटिओले दिएको मान्यता अनुसार नेपालमा पनि सोही नियमबाट कारोबार गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले पूर्वअर्थमन्त्री युवराज खतिवडाले गठन गरेको राजस्व बोर्ड प्रभावकारी नभएको भन्दै यसलाई अझै सशक्त र प्रभावकारी बनाउन माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो १ बर्षदेखि चीनतर्फको नाका बन्द रहेको बताउँदै यसलाई निजी क्षेत्र र सरकार लागिपरेर खुलाउनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले भन्सार एजेन्टको संख्या बढाउनु पर्ने माग राखे । अर्थसचिव शिशिरकुमार ढुंगानाले यो वर्ष विश्व अर्थतन्त्र, क्षेत्रीय अर्थतन्त्र र नेपालको अर्थतन्त्र सुखद अवस्थामा नरहेकामा पनि भन्सार संयन्त्रले आपूर्ति श्रृखलालाई व्यवस्थित गरेको दाबी गरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विहेमा तामझाम,कम्युनिष्ट नेताकै बिहे चकित पार्ने

Previous article

कांग्रेसले घोषणा गर्यो तेस्रो चरणको आन्दोलन, ३० गते देशभर प्रदर्शन

Next article

You may also like

More in अर्थ