अर्थप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिशिक्षा स्वास्थ्य

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको जोखिम भत्ता घोषणामै सिमित

0

काठमाडौं । कर्मचारी तथा पदाधिकारीको भत्तामा गत वर्ष १५ अर्ब तीन करोड रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको बजेटमा पदाधिकारी तथा कर्मचारीको भत्ताका लागि सरकारले १३ अर्ब ४३ करोड १३ लाख रुपैयाँ विनियोजन गर्यो । गत वर्ष खर्च भएको बजेटमध्ये १४ अर्ब ८७ करोड १४ लाख रुपैयाँ कर्मचारीले पाएका थिए । तर, यसपटक मितव्ययी हुने भनेर कर्मचारीका लागि भत्ता घटाएर १२ अर्ब ९५ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यही बजेटबाट कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई समेत भत्ता दिने भनिएको छ ।

कोरोना महामारीबीच पदाधिकारीको भत्ताका लागि भने तीन गुणा बढी रकम विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा पदाधिकारी भत्तामा १६ करोड ८१ लाख रुपैयाँ खर्च भएको थियो, यसपालि यही शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसरी पदाधिकारीको भत्ताका लागि तीन गुणा रकम विनियोजन गरिएको छ भने महामारीबीच खटिएका सुरक्षार्मी र स्वास्थ्यकर्मी लागि विनियोजित रकमसमेत वितरण गरिएको छैन ।

गत वर्ष चैतमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाइ जोखिम भत्ता दिने घोषणा गरेको थियो । तर, महामारी सुरु भएको १० महिनासम्म कुनै पनि सुरक्षाकर्मीले भत्ता पाएका छैनन् । त्यस्तै, अस्पतालमै कोभिड संक्रमित विरामीहरुसँग उनीहरुको उपचारमा दिनरात खटिएको चिकित्सकले पनि सरकारबाट जोखिम भत्ता पाएका छैन्न ।

गत चैतमा फ्रन्टलाइनमा खटिने सबै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने घोषणा गरेको सरकारले व्यवास्ता गरेको छ । कोरोना महामारीमा पनि दिनरात नभनी खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्ता कहिले आउछ कुनै टुंगो छैन् । दश महिनासम्म पनि सरकार घोषणा गरेको भत्ता नदिइनु दुर्भाग्य हो ।

कोरोना महामारीका कारण एक बर्षदेखि चिनियाँ नाका सहज रुपमा हुन सकेन सुचारु

Previous article

संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी,प्रधानमन्त्री तानाशाह बनेको नेकपा शिर्ष नेताको आरोप

Next article

You may also like

More in अर्थ