प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा, राईबिरुद्ध अविश्वासको प्रस्ताव
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रचण्ड–नेपाल पक्षले दर्ता गर्न लागेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ। यसअघि संसदीय दलको निर्वाचनमा उनी राईसँग २ मतले पराजित भएका थिए। आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन्।
आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफै लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए। ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन्।
प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन्। मुख्यमन्त्री राईविरूद्व अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास थारूले सामूहिक राजिनामा दिएका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्