एकैदिन थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म जम्मा संक्रमितको संख्या दुई लाख ५१ हजार ६ सय ९२ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९ सय ४७ रहेको छ। हालसम्म दुई लाख ४० हजार ३ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक हजार ७ सय ४९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्