अध्यादेश फिर्ता नलिई प्रधानमन्त्री ओलीले बोलाए संबैधानिक परिषदको बैठक
काठमाडौं । बुधबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदको बैठक बोलाएका छन् । सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो । तर, पार्टीभित्र चर्को विरोध हुनुका साथै संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु शीतल निवास पुगेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेर अध्यादेश फिर्ता लिने सहमति गरेका थिए ।
बुधबार नेकपा शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने सहमत भए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले फेरि संबैधानिक परिषदको बैठक बोलाएपनि नेकपामा हल्लीखल्ली मच्चिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सरकारले अध्यादेश फिर्ता नगरेसम्म संवैधानिक परिषद् बैठकमा नजाने बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटालाई बैठकमा नबोलाएपछि अध्यक्ष दाहाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । तीन सदस्यीय सदस्य उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले मंगलबार जारी गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, #संबैधानिक परिषद
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्