प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

चीनले नेपालको भूमि मिचेको प्रतिबेदन सार्वजनिक, हेनुहोस् तस्वीरमा कहाँ–कहाँ मिचिएको छ सीमा

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष सहितको प्रतिबेदन सार्वजनिक गरेको छ । चीनले हुम्लाको लोलुङजोङमा निर्माण गरेका भौतिक संरचना नेपाली भूमीमा रहेको दावी गरेको छ । चीनले नेपाली भूमि अतिक्रमण नगरेको दावी सरकारले गरिरहेका बेला कांग्रेसले भने चुनौति दिएको छ । कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको संयोजकत्वमा असोज १४ गते कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत निरीक्षणमा गएको थियो ।

१० दिनको अध्ययनपछि सदरमुकाम सिमिकोट आइपुगेको काँग्रेसको स्थलगत निरिक्षण टोलीले चिनले सिमा मिचेको निष्कर्षसहतिको प्रबितेदन सार्वजनिक गरेको छ । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रको लोलुङजोङ्मा चिनियाँ पक्षले बनाएका ९ वटा भवन नेपाली भूमीमै पर्ने दाबी गरेको छ । तर कांग्रेसको निरिक्ष्ँण टोलीले भने सबैभन्दा फरक भूमि मिचिएको दाबी गर्दै प्रतिबेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरेको प्रतिबेदन अनुसार चिन र नेपालको सिमा क्षेत्रमा रहेको १२ नम्बर पिल्लर नयाँ बनाईएको पाईएको, त्यसरी नै हिल्सा क्षेत्रमा रहेको पिल्लर नं ९ दुईको सिमा स्तम्भको बिच रेखामा तारबार र गेट निर्माण गरीएको देखाईएको छ ।

त्यसरी नै नेपालले निर्माण गरेको गप्पुदोचादेखिको दुई किलोमिटर सडक चिनले अतिक्रमण गरेको प्रतिबेदनमा उल्लेख गरीएको छ । किट भन्न्े स्थानमा रहेका ५ एक र ५ दुई नम्बर पिल्रमा तारजाली गरीनुकासाथै नयाँ बनाईएका सिमा स्तम्भहरु र पूराना सिमा स्तम्भहरुको अक्षर र लिपि नै फरक रहेको निष्कर्ष छ ।

प्रतिवेदनअनुसार ६ र २ नम्बर पिल्लरमा गडबड देखिएको छ भने १२ नम्बर पिल्लर पनि नयाँ बनाईएको पाईएको छ । त्यसरी नै चिनले जीपीएस प्रणाली नै परिवर्तन गरेर प्राविधिक रुपमा समेत जमिन हडप्न खोजेको निरिक्षण टोलीका संयोजक शाहीको दावी छ । यता हुम्लाबाटै निर्वाचित कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताइन् ।

नेपाली भुमीमा चिनको रजाइ हुँदा पनि नेपाल सरकार भने मुकदर्शक बनेको काँग्रेस सांसदहरुको आरोप छ । सरकार मुकदर्शक मात्रै हौइन, चीनले नेपाली भूमि नमिचेको दावी गरिरहेको छ । सरकारले चिनकै पक्ष लिएर बिना ठोस प्रमाण र बिना अध्ययन चिनले निर्माण गरेका नयाँ भवनहरु उसकै भूमिमा रहेको बताएसँगै नेपाली भुमी सरकार कै मिलेमतोमा मिचिएको सांसद शाहीको आरोप छ ।

चिनले नयाँ भवन बनाएसँगै जिल्लास्थित सिडिओसहित सुरक्षा टोलीले पनि स्थलगत अवलोकन गरेर उक्त भूमि चीनकै भएको निष्कर्ष निकालेको थियो । चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ । यस अघि नै गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै रक्षामन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छन् । तर सरकारले भने राष्ट्रियतासँग जोडिएको सिमासम्बन्धी गम्भीर मुद्धामा हल्का र अप्रमाणित तथ्यका आधारमा जवाफ दिएर बसिरहेको छ ।

कोरोना बढ्दै गर्दा गाडीमा पुरै सिट यात्रु राख्न दिने सरकारको निर्णय

Previous article

५ हजार १ सय १० प्रहरीमा कोरोना संक्रमण, १ हजार ९ सय ५६ अस्पतालमा भर्ना

Next article

You may also like