वार्ता नमिलेपछि चिकित्सक संघले बोलायो आकस्मिक बैठक
काठमाडौं । शुक्रबार रातिको वार्ता नमिलेपछि नेपाल चिकित्सक संघले पुनः आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ । डा गोविन्द केसी र सरकार बीचको वार्ता निष्कर्षविहीन भएपछि संघले आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको हो ।
संघले शनिबार दिउँसो ४ बजे आकस्मिक बैठक समेत बोलाएको छ । अनसनरत डा केसीको जीवनरक्षा र माग पूरा गर्न सरकारले कुनै ठोस कदम नउठाएकाले आकस्मिक बैठक बोलाएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले बताए। बैठकले आकस्मिक र कोरोना संक्रमितको उपचार बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने डा कार्कीले जानकारी दिए।
यसअघि बिहीबार संघले डा केसीको माग सम्बोधनका लागि त्रिवि शिक्षण अस्पताल सहित देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाँधेर रिले अनसन गरेका थिए। बिहीबार नै संघले बिहान दुई घण्टा सेवा बहिष्कार समेत गरेका थिए। माग सम्बोधनका लागि वार्ता भइरहेको भन्दै संघले शुक्रबारको कार्यक्रम स्थगित गरेको थिए । तर सरकारले माग पूरा गर्ने नाममा आलटाल गरेको भन्दै संघले पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल चिकित्सक संघ, #स्वास्थ्य संस्था
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्