वार्ता नमिलेपछि चिकित्सक संघले बोलायो आकस्मिक बैठक
काठमाडौं । शुक्रबार रातिको वार्ता नमिलेपछि नेपाल चिकित्सक संघले पुनः आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ । डा गोविन्द केसी र सरकार बीचको वार्ता निष्कर्षविहीन भएपछि संघले आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको हो ।
संघले शनिबार दिउँसो ४ बजे आकस्मिक बैठक समेत बोलाएको छ । अनसनरत डा केसीको जीवनरक्षा र माग पूरा गर्न सरकारले कुनै ठोस कदम नउठाएकाले आकस्मिक बैठक बोलाएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले बताए। बैठकले आकस्मिक र कोरोना संक्रमितको उपचार बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने डा कार्कीले जानकारी दिए।
यसअघि बिहीबार संघले डा केसीको माग सम्बोधनका लागि त्रिवि शिक्षण अस्पताल सहित देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाँधेर रिले अनसन गरेका थिए। बिहीबार नै संघले बिहान दुई घण्टा सेवा बहिष्कार समेत गरेका थिए। माग सम्बोधनका लागि वार्ता भइरहेको भन्दै संघले शुक्रबारको कार्यक्रम स्थगित गरेको थिए । तर सरकारले माग पूरा गर्ने नाममा आलटाल गरेको भन्दै संघले पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल चिकित्सक संघ, #स्वास्थ्य संस्था
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्