अनसन तोड्न डाक्टर गोविन्द केसीलाई सरकारको आग्रह
काठमाडौं । डाक्टर गोविन्द केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको लागि १८ दिनदेखि चिकित्सा शिक्षा सुधारको लागि १८ दिनदेखि अनसनरत डाक्टर केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको हो ।
डाक्टर केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । कोरोना महामारीमा सबै एकजुट भएर लड्नुपर्ने भन्दै अहिले अनसन तोड्न सरकार प्रवक्ता प्रदिप ज्ञवालीले आग्रह गरेका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवलीले डाक्टर केसीका कैयौँ माग पूरा गरेको भन्दै अरु पनि कार्यान्वयन गर्ने बताए । उनले यस्तो असामान्य अवस्थामा धर्ना अनशन सुहाउँदो विषय नभएको भन्दै केही विषय बाँकी रहे पछि छलफल गर्न सकिने बताए । मन्त्री ज्ञवालीले भने नेपाल सरकारका तर्फबाट उहाँ र उहाँका साथीहरूलाई आग्रह छ अहिले अनशन फिर्ता लिएर हामी सबै कोरोनाविरुद्धको लडाइँमा लाग्यौ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #अनसन तोड्न आग्रह, #डाक्टर गोविन्द केसी, #प्रवक्ता प्रदीप ज्ञवली
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्