प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

पार्टी एकतापछि प्रधानमन्त्री ओली दोस्रो पटक पेरिसडाँडामा, बैठक भने पहिलो पटक बस्यो

0

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक पहिलो पटक कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको छ । तत्कालिन नेकपा एमाले र माओवादीबीच एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो। यसअघि पटक–पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु बस्दै आएका थिए । केहीदिन अघि बालुवाटारमै बसेको स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहितको पार्टी सञ्चालन गर्ने र अर्का अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा केन्द्रित हुने सहमति भएपछि बैठक पार्टी कार्यालयमै बस्न लागेको हो ।

पेरिसडाँडामा पहिलो पटक बसेको सचिवायल बैठकमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन्। पार्टी एकतापछि उनी दोस्रोपटक पेरिसडाँडा पुगेका हुन्। यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि उनी ०७५ जेठ ४ मा पहिलोपटक पेरिसडाँडा पुगेका थिए।आजको बैठकमा भदौ २६ गते स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो । स्थायी समिति बैठककै निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा समेत छलफल हुने बताइएको छ । सचिवालय बैठकका लागि पेरिसाडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ। सचिवालय बैठकका लागि पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको छ।

टुडिखेलमा देश समृद्धिको भाषण,खुल्ला मञ्चमा रित्ता थाल समाएको लाइन

Previous article

को हुन् पहिलो पटक कोरोना बिरुद्धको खोप लगाउने भाग्यमानी नेपाली

Next article

You may also like