कुलमान घिसिङ भए बिद्युत प्राधिकरणबाट रुदैं बिदाई,भने जनताको माया सधैं पाइराखौं
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरण सामु आगामी दिनमा बिभिन्न चूनौती हुन सक्ने संकेत गरे । प्राधिकरणले हाँसिल गरेको उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौति हुने बताउदै उनले उत्पादित विद्युतको सही व्यवस्थापन लगायतको चुनौति आउन सक्ने बताए ।

आफुले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि लगातार प्रधिकरणले नाफा कमाईरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरिएको दाबी गरे । घिसिङले प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउदै लोडसेडिङ अन्त्य भई, चुहावट १५ दशमलव २७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सृजना भएको उल्लेख गरे ।
विद्युत आयात गरेर लोडसेडिङ अन्त्य गर्नुमात्र प्रमुख कारण नभएको बताउदै उनले त्यस विषयमा भारतसँग समेत प्राधिकरणले काम गरेको तर्क बताए । घिसिङले प्राधिकरणले उल्लेख्य फड्को मारेको र आफ्नो कार्यकालमा ४ सय ५७ मेगावाटका आयोजना संचालनमा आएको बताए । देशमा विद्युतलाई आत्मनिर्भर, काठमाडौंलाई तार र पोल रहित बनाउने, डिजिटल प्राधिकरण बनाउने, देशभर विद्युत पुर्याउने जस्ता काम आफूले पुरा गर्न नपाएको बताए ।
उनलाई सरकारले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यसैबीच नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कुलमान घिसिङ
ताजा खबर
- १रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- २गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
- ३धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ
- ४स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छुः प्रधानमन्त्री कार्की
- ५निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान



तपाईको कमेन्ट लेख्नुहोस्