प्रमुख समाचारब्रेकिंग न्युजसमाचार

मोरङ, नवलपरासी र रुपन्देही गरी ४ कोरोना संक्रमितको मृत्यु

0

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी ३ जना संक्रमितको मृत्यु भएको हो ।

शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको छ । यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, बुटलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीकोबुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको हो । नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो । भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजे मृत्यु भएको थियो । बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे गयराती ११ वजे मृत्यु भएको थियो ।

बामदेव गौतमको राष्ट्रियसभामा जाने इच्छा पूरा,सत्ता सयर कति सम्भव ?

Previous article

प्रयोगशालाको नतिजामै गम्भिर खेलवाड,बढ्दै शहर केन्द्रित कोरोना जोखिम

Next article

You may also like