उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण
काठमाडौं । उपत्यकमा एकैदिन थप २ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौंमा १ सय ९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना गरी २२ सय ९८ जनामा संक्रमण भएको जानकारी दिए ।
त्यस्तै, देशभर थप ८ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जना गरी देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७ सय १ जना रहेका छन् । यस्तै, होम आइसोलेशनमा ७ हजार १ सय २१ जना रहेका छन् । सोमबार ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएको मन्त्रालयले जनाएको छ ।
एकैदिन कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय २८ पुगेको छ। मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यकामा २९८, #कोरोनाभाइरस संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्