देश/दुनियाँब्रेकिंग न्युजराजनीतिसमाचार

नेकपा अध्यक्षद्धयको छलफल, शनिवार सचिवालय बैठक

0

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को आन्तरिक किचलो पछिल्लो समय केही मथ्थर भएजस्तो देखिएको छ । अध्यक्षद्धय केपिशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट गठित ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले बुझाएको १६ पृष्ठको प्रतिवेदनमाथी छलफल गर्न भन्दै सचिवालय बैठक बोलाईपछि त नेताहरु आन्तरिक असन्तुष्टि पार्टी बैठक र पद्धतिबाटै समाधान हुनेमा आशावादी देखिएका छन् ।

कतिपय नेताहरुले भने महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वामदेव गौतमको ६ बुँदे प्रस्तावले भन्दा बढी अधिकारसम्पन्न र शक्तिशाली बनाउन खोजेको, प्रचण्डले ‘मूलतः पार्टी सञ्चालन’ गर्ने भन्दै दुबै अध्यक्षले मिलेर पार्टी र सरकार सञ्चालन गर्ने भन्दै दुई अध्यक्षको सहमतिमा सरकार र पार्टी चलाउने पुरानै अभ्यासलाई कायम राख्न खोजेको भनिरहेका छन् । ‘एक व्यक्ति एक पद’को मागलाई खारेज गरेको भन्दै माधव नेपाल पक्षले असन्तुष्टि जनाउँदैगर्दा कार्यदलमा काम गरेका नेताहरु भने पार्टी व्यक्तिवादी नभई बिधि प्रक्रिया र पद्धतीमा चल्नुपर्नेगरी प्रतिबेदन तयार भएको बताउँछन् । सबैले पार्टी सिद्धान्त, बिधि र प्रक्रिया अनुसार चल्नुपर्नेमा उनीहरुको जोड छ ।

कार्यदलको प्रतिवेदनले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्नेगरी सहमति खोज्न सुझाब दिएको छ । पार्टीमा अन्तरविरोध बढाउने खालका निर्णय, क्रियाकलाप वा अभिव्यक्ति कसैले पनि नगर्ने र पार्टी एकताको महत्वलाई आत्मसात गर्ने सुझाव दिइएपनि निकास कहिले निश्किन्छ अझै अनिश्चित छ । कार्यदलले पार्टी एकता जोगाउने र कार्यकर्तामा उत्साह जगाउने सन्देश प्रवाह हुने गरी दुई अध्यक्षले तत्काल संयुक्त वक्तव्य जारी गर्ने सुझाव दिएपनि माधव नेपाल समुहको असन्तुष्टिकाबीच बिवादको समाधान कसरी खोजिन्छ, सबैको प्रतिक्षा यसैमा छ ।

नेपालमा कोरोना संक्रमण थप खराव हुने डब्लुएचओको संकेत, एकैदिन ८ सय ५५ जनामा संक्रमण

Previous article

क्यासिनोमा नयाँ ऐन,कार्यान्वयनको अन्तिम चरणमा

Next article

You may also like