एकैदिन ८१८ संक्रमित थपिदा उपत्यकामा मात्रै १६६, तीन जनाको मृत्यु

काठमाडौं । एकैदिन देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्छर जागेश्वर गौतमले थपिएका संक्रमित सहित कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिए ।
काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ । एकैदिन थप २ सय ८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ । हाल देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २ सय १२ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
यस्तै होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन् । यस्तै आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । उनीहरु झापा, पर्सा र सर्लाहीका ११ जना हुन् । योसँगै मृतकको कुल संख्या १ सय ४९ पुगेको छ । यसमा रुपन्देहीमा आइतबार कोरोनाबाट मृत्यु भएका दुई जना समावेश गरिएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्