राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । १ सय १ वर्षका घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो । निवासमा बुधबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।
परिवार, आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहित सीमित मलामीको उपस्थितिमा राष्ट्रकवि घिमिरेको अन्त्येष्टि गरिएको हो । उनलाई नेपाली सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो।
उनको निवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली अर्पण गरेका थिए । वि. सं १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार, साहित्य
ट्याग : #अन्त्येष्टि, #राष्ट्रकवि माधवप्रसाद घिमिरे, #राष्ट्रिय सम्मान
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्