काठमाडौं उपत्यकामा ६२ सहित ३ सय ७८ जनामा कोरोना संक्रमण

काठमाडौं । एकै दिन काठमाडौं उपत्यकामा ६२ सहित ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ९९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ। देशभर क्वारेन्टिन १० हजार ७ सय ९२ रहेका छन्।
कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुग्यो
नेपालमा शनिबार थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना मुक्त भएर डिस्चार्ज
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्