देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजसमाचार

एकै दिन काठमाडौँ उपत्यकामा ८७ सहित ३ सय ६० जनामा कोरोना संक्रमण

0

काठमाडौं । उपत्यकामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौँका ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका १, ललितपुरका २ तथा काठमाडौँका १५ जना, हेटौँडामा गरिएको परीक्षणमा काठमाडौँका १ जना र वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका ५ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौँका ४ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएका हो। त्यस्तै, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ९ र ललितपुरका १ जना, बीआइडीएच ल्याबमा गरिएको परिक्षणमा ललितपुरका ६ जना र वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एकै दिन ३ सय ६० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ३ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हाल देशका विभिन्न क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन्। पछिल्लो २४ घण्टामा २ सय ३३ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा ६५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

काठमाडौं उपत्यकामा घटेन संक्रमण, एकै दिन काठमाडौं उपत्यकामा ६२ संक्रमित फेला

Previous article

तीन महिनादेखि नेकपा विवाद उस्तै, जनता झुक्याउन भन्ने सकरात्मक छलफल सधैं

Next article

You may also like